काठमाडौँ :
देशभर आगमी निर्वाचनको चहलपहल बढिरहेको बेला पनि युवाहरुको वैदेशिक पलायन रोकिएको छैन । रोजगारी र अवसरको अभावका कारण पछिल्लो ६ महिनामा करिब ६ लाख नेपाली युवा विदेशिएका छन् ।
उम्मेदवारहरु गाउँ–गाउँमा भोट माग्न पुगिरहेका छन् । तर धेरै गाउँमा घर भए पनि युवा मतदाता भने भेटिन छाडेका छन् । रोजगारी नपाउँदा युवाहरु वैदेशिक रोजगारी तथा अध्ययनका लागि देश छाड्न बाध्य भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक विदेश जाने युवाको भीड देखिन्छ । धेरै युवाले चुनावभन्दा पहिले जीवनयापन महत्वपूर्ण भएकाले विदेशिनुपरेको बताएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ लाख ९० हजारभन्दा बढि नेपालीले श्रम स्वीकृति लिएका छन् । औसतमा मासिक करिब ९५ हजार युवा विदेशिएका छन् ।
विशेषज्ञहरुका अनुसार देशभित्र रोजगारी सिर्जना, सामाजिक सुरक्षा र युवामैत्री नीति नबनेसम्म पलायन रोकिने सम्भावना कम छ । ट्रेड युनियन नेताहरुले आगमी सरकारले रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
}})