काठमाडौँ :
राजधानीको मुलपानी क्षेत्रमा लुटपाट संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । भने १० जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य सामाग्री लुट्ने गिरोहविरुद्ध विशेष अपरेसन सञ्चालन गरिएको थियो । पक्राउका क्रममा अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गाली चलाउनु परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल वीर अस्पतालको ट्रमा सन्टरमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रकाउ परेका व्यक्तिहरुबाट नगद, विदेशी मुद्रा तथा लुटपाटमा प्रयोग गरिएका सामाग्री बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु विभिन्न आपराधिक घटनामा संलग्न रहेको पाइएको छ ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र पीडितहरुलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।