काठमाडौँ :
नेपाली कांग्रेसका सभापति गगन थापा आफुले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही – ४ मा बिहीबार मात्रै जाने तयारीमा रहेका छन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाले मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारी दर्तापछि उनी प्रत्यक्ष रुपमा निर्वाचन क्षेत्रमा भने पुगेका छैनन् ।
‘सभापति थापा भोलि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा जाने भन्ने प्रारम्भिक योजना छ,’ प्रवक्ता चालिसेले बताए, ‘यधपि कार्यक्रम पूर्ण रुपमा निश्चित भइसकेको छैन ।’
यस अघिका तीन वटा आम निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापा यसपटक भने मधेस प्रदेशको सर्लाही – ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
उनको उम्मेदवारीपछि सर्लाही – ४ मा राजनीतिक गतिविधि थप चर्किएको छ भने कांग्रेसले त्यहाँ चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरिरहेको छ ।
}})